ईपीएलमा सिटी र लिभरपुल विजयी

काठमाडौैँ । ईङ्गिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार लिभरपुल र साविक च्याम्पियन म्यानचेस्टर सिटीले सहज जित निकालेका छन् ।
लिभरपुलले बर्नलीलाई २-० ले हराउँदा सिटीले नर्विच सिटीमाथि ५-० को प्रभावशाली जित निकाल्यो । सिटीको जितमा ज्याक ग्रेलिश, आइमेरिक लापोर्टे, रहीम स्टरलिंङ र रियाद महारेजले एक-एक गोल गरे । नर्विचका टिम क्रुलले आत्माघाती गोलको उपहार दिए ।
सिजनको पहिलो खेलमा टोटनह्यामसँग १-० को हार व्यहोरेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा फराकिलो जित हात पार्न सफल भयो ।
अर्को दाबेदार टिम लिभरपुलले डियोगो जोता तथा साडियो मानेको गोलमा महत्वपूर्ण तीन अंक जोड्यो । दुई खेलमा दुई जितले लिभरपुललाई ६ अंक दिलाएको छ ।
प्रमियर लिगकै अन्य खेलमा एस्टन भिल्लाले न्यूक्यासल तथा ब्राइटनले वाट्फोर्डलाई समान २-० ले पराजित गरे । त्यस्तै क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित तथा लिड्स र एभर्टनले २-२ को बराबरी खेलेका छन् ।








