‘ओली-नेपाल दुवैको साथबाट मुख्यमन्त्री बनेँ’

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० बुँदै प्रस्तावनाको पालना गर्नुपर्ने बताएकी छन् । एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् । ‘एमाले एक हुनैपर्छ,’ शाक्यले भनिन्, ‘१० बुँदाको पालना हुनुपर्छ अनि पार्टी एकता हुनुपर्छ ।’

एमालेलाई बाहिरबाट कमजोर बनाउन खोजिएको भन्दै शाक्यले यसको प्रतिवाद गर्नुपर्नेसमेत बताइन् । यस्तै शाक्यले आफू एमालेकै सहयोगमा बागमती प्रदेशको मुख्यमन्त्री बनेको बताएकी छन् । ‘पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैजनाको सहयोगमा म मुख्यमन्त्री बनेकी हुँ,’ शाक्यले भनिन्, ‘म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरिदिनुहोस् ।’

आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने भएकाले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *