ओमान भ्रमणका लागि नेपाली टिमको घोषणा, को-को परे ?

काठमाडौँ । ओमानमा हुने आइसीसी विश्वकप लिग टु अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको टोली घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीमा तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका हुन् । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा ओमान र अमेरिका सँग २-२ खेल खेल्ने छ । नेपाली टोली अगष्ट अन्तिम अर्थात भदौ दोस्रो साता ओमान भ्रमणमा निस्कनेछ ।

को-को छन् टोलीमा ?
नेपालको टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =