बायर्न जर्मन सुपर कप च्याम्पियन

काठमाडाैँ । बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । रोबर्ट लेवनडोस्कीको दुई गोलमा बायर्नले मंगलबार बोरुसिया डर्टमुन्डलाई ३-१ ले हराउँदै उपाधि जितेको हो ।

जर्मनीका दुई शीर्षक क्लबबीच भएको प्रतिस्पर्धात्मक खेलमा बार्यनले उपाधि जितेकाे हाे । पहिलो हाफमा लेवनडोस्कीको गोलमार्फत म्युनिखले अग्रता लिएको थियो । थोमस मुलरले दोस्रो हाफको सुरूवातमै गोल गर्दै टीमलाई २-० को अवस्थामा पुर्‍याए ।

६४ औँ मिनेटमा डर्टमुन्ड कप्तान मार्को रुएसले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे । तर लेवनडोस्कीले ७४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा म्युनिखले सहज जित निकाल्यो ।

सन् २०१४ मा डर्टमुन्ड छाडेयता ३२ वर्षीय लेवनडोस्कीले आफ्नै पूर्व क्लबविरुद्ध २४ गोल गरिसकेका छन् । बायर्न डर्टमुन्डविरुद्धका पछिल्ला सबै छ खेलमा विजयी रहेको छ।

सुपरकपका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्नै नियम रहेको छ। बार्यनले बुन्डेस लिगा जितेको थियो भने बार्यनले जर्मन कपको उपाधि जितेको थियो । सुपरकपमा भने बार्यनले लगातार तेस्रो पटक डर्टमुन्डलाई पराजित गरेको हो । बार्यनले योसहित नवौं पटक सुपरकपको उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =