टी-ट्वेन्टी विश्वकप : सुपर १२ को पहिलो खेलमा भारत र पाकिस्तान खेल्ने

काठमाडौं । युएई र ओमानमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपको मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ ।

सुपर १२ को समूह टू मा रहेका भारत र पाकिस्तानले अक्टोबर २४ मा खेल्नेछन् । खेल दुबईमा हुनेछ ।

यी दुई चीर प्रतिद्वन्दीले सन् २०१९ को एकदिवसीय विश्वकप यता खेलेका छैनन् । त्यो खेलमा भारत विजयी भएको थियो ।

प्रतियोगिताको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमन र पपुवा न्युगिनी गरी ८ टोलीले प्रतिस्पर्धा गनेछन् । यो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर-१२ को समूह दुईमा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।

यस्तै समूह एकमा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर १४ मा दुबईमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *