जसपा विवाद : महन्थले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश दीदपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार (आज) ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि गत साउन ११ गते निर्वाचन आयोगले जसपाको कार्यकारिणी समिति सदस्यहरुको ‘हेड् काउन्ट्’बाट समस्या समाधान गर्दै भट्टराई–यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *