टरेको छैन भारतको संकट

काठमाडौँ । भारत र ईङ्ग्ल्यान्डबीचको टेस्ट शृंखलाको दोस्रो खेलको अन्तिम दिनको खेल आज हुँदैछ ।

लर्ड्समा जारी दोस्रो टेस्टको दोस्रो इनिङको चौथो दिन भारतले ६ विकेट गुमाएर १८१ रन बनाएको छ । ऋषभ पन्त १४ र इशान्त शर्मा ४ रनमा अविजित छन् । भारतका अजिङ्क्या रहाणेले सर्वाधिक ६१ र चेतेश्वर पुजाराले ४५ रन जोडे । यी दुईले चौथो विकेटका लागि १०० रनको साझेदारी गर्दा भारत चौथो दिन नै समेटिनबाट जोगियो ।

ईङ्ग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ३ विकेट लिए भने मोइन अलीले २ तथा सेम करनले १ विकेट लिएका छन् ।

अन्तिम दिन ४ विकेट बाँकी रहेको भारत जतिसक्दो लामो समय क्रिजमा रहने प्रयासमा हुनेछ । विकेट जोगाउन नसके भारतलाई मुस्किल पर्नेछ । किनभने अहिलेसम्म भारत समग्रमा १५४ रनले मात्र अघि छ । त्यसैले पहिलो सेसनमा नै भारतको इनिङ समेटिए ईङ्ग्ल्यान्डले लक्ष्य पूरा गर्नसक्ने सम्भावना बलियो रहनेछ । तर‚ भारत केही समय टिके र स्कोर बढाए खेल बराबरीतर्फ उन्मुख हुनेछ ।

अन्तिम दिन भारतीय ४ ब्याट्सम्यानको प्रदर्शनले नै खेल बराबरी हुने वा ईङ्ग्ल्यान्डले जित्ने तय हुनेछ । पाँच टेस्टको पहिलो खेल भने वर्षाले प्रभावित हुँदै बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *