साविक विजेता सिटीमाथि टोटेनह्यामको रोमाञ्चचक जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित टोटनह्याम विजयी भएको छ । यो सिजनको पहिलो खेलमा सिटीमाथि टोटेनह्याम हट्सपरले १-० को जित निकाल्दै लिगमा विजयी सुरूवात गर्‍यो ।

टोटेनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो । टोटेनह्यामको घरेलु मैदानमा भएको खेलमा सिटीले केहि गोलका मौका पाएपनि जित निकाल्न असफल भयो ।

५५ औँ मिनेटमा काउन्टर अट्याकमा स्टिभन बर्गवाइनको पासलाई नियन्त्रणमा लिँदै सनले गरेको लङ प्रहार गोलमा परिणत भएको थियो । त्यसलगतै वान भर्सेस वानमा टोटनह्यम चुकेको थियो । टोलीमा टोटनह्यामले स्टार फरवार्ड ह्यारी केनलाई टीममा राखेको थिएन । केन म्यानचेस्टर सिटी जानका लागि तयारी रहँदा दुई क्लबबीच सहमति हुन सकेको छैन ।

टोटनह्यामका नवनियुक्त प्रशिक्षक नुनो एस्पिरितो भने पहिलो खेलमानै बलियो क्लबलाई पराजित गर्न सकेकोमा उत्साही छन् । उनले केनलाई अभ्यास नपुगेकाले टीममा नराखेको बताए । सिटीमा कीर्तिमानी मूल्यमा अनुबन्धन भएका इंग्लिस विंगर ज्याक ग्रिलिसले प्रिमियर लिगमा डेब्यु गरे ।

यद्यपि उनले कुनै चमत्कार देखाउन सकेनन् । प्रशिक्षक पेप ग्वारडिओला फेरी एकपटक टोटनह्यामको घरेलु मैदानमा स्तब्ध भए । त्यसअघि आइतबार नै भएको पहिलो खेलमा वेस्ट ह्यामले न्युकासल युनाइटेडलाई ४-२ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *