जर्मन फुटबलर मुलरको निधन

काठमाडौं । जर्मनीको राष्ट्रिय टिम तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको निधन भएको छ । उनको आइतबार ७५ वर्षको उमेरमा निधन भएको बार्यन म्युनिख क्लबले जनाएको छ ।

पश्चिम जर्मनीले १९७४ को विश्वकप जित्दा मुलरले निर्णायक गोल गरेका थिए । उनले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए भने बायर्नका लागि बुन्डेसलिगाका ४ सय २७  खेलमा कीर्तिमानी ३ सय ६५ गोल गरेका थिए ।

यस्तै १९७२ मा युरोकप जित्दा पनि उनी टिमको महत्वपूर्ण सदस्य थिए ।  मुलर बालोन डी’ओरका विजेतासमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *