प्रिमियर लिग : सिजनको पहिलो ठूलो खेल, कसले मार्ला बाजी ?

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती दुई बलिया टोली म्यानचेस्टर सिटी र टोटनह्याम खेल्दैछन् । खेल नेपाली समयअनुसार राति ९:१५ मा शुरु हुनेछ । साविक बिजेता सिटी बलियो टिममाथि रवाफिलो प्रदर्शनको प्रतिक्षामा हुँदा टोटनह्यामका नयाँ प्रशिक्षक नुनो एस्पिरिटो पनि साविक बिजेता टोलीलाई हराएर टिममा आफू हुनुको आभास दिलाउन चाहन्छन् ।

टोटनह्यामका कप्तान तथा स्ट्राइकर ह्यारी केनले क्लब छाड्न चाहेको र सिटीले नै अनुबन्धन गर्न खोजेको हल्लाका बिच हुन लागेको यो खेलमा केन नुनो र पेप ग्वार्डिओला दुवैको नजरमा पर्ने पक्का छ । नुनोले अहिलेसम्म केन आफ्नो खेलाडी भएकाले अन्य कुराबारे नसोचेको बताएका छन् ।

४७ वर्षीय नुनोले भने‚ ‘मैले खेलाडीलाई कन्भिन्स गर्नुपर्छ भन्ने लाग्दैन‚ किनभने सबै टोटनह्यामका खेलाडी हुन् । उनीहरू क्लबप्रति गर्व गर्छन् र जीतका लागि शत प्रतिशत प्रयास गर्छन ।’

यद्यपि सिटीसँगको आजको खेलमा द्विविधामा रहेका केन मैदानमा हुने/नहुने अन्यौल छ । उनी मानसिक र शारीरिक रुपमा मैदान जान तयार नभएको एजेन्सीहरूले दाबी गरेका छन् । उनी शुक्रबारमात्र अभ्यासमा देखिएकाले आजको स्क्वाडमा हुने/नहुने भन्नेबारेको अन्यौल अझ बढेको छ । यद्यपि नयाँ सम्झौता गरेका क्रिस्टियन रोमेरो तथा ब्रायन गिल टीममा हुने सम्भावना बलियो छ । त्यसो त सिटीका फिल फोडेन टीममा हुने छैनन् । उनी खुट्टाको चोटका कारण चार साता मैदान बाहिर हुनेछन् । त्यस्तै केभिन डी ब्रुयने पनि गोलिगाँठोको इन्जुरीका कारण टीममा हुने छैनन् ।

उनी युरोको क्वाटरफाइनलका बेला इटालीसँगको खेलमा चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

यी दुईबीचका पछिल्ला २१ भिडन्तमा सिटीले १३ खेलमा जित निकालेको छ । टोटेनह्यामले केनबिना खेलेका १७ प्रिमियर लिग खेलमा ५ मा मात्रै जित निकालेको छ र तीमध्ये फेब्रुअरी २०२० मा म्यानचेस्टर सिटीविरुद्धको पनि एक हो । कोरियन स्टार सन ह्युङ-मिनले सिटीविरुद्ध ६ गोल गरेका छन् । जुन टोटनह्यामको मैदानमा भएका तीन खेलमा सम्भव भएको हो ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओला अवे खेलमा सर्वाधिक ४ पटक टोटनह्यामसँग पराजित भएका छन् ।

सिटी युरोपका शीर्ष पाँच लिगमा नयाँ कीर्तिमान बनाउने प्रयासमा हुनेछ । ऊ शुरुवाती खेलमा लगातार ११ जित निकाल्दै एस्टन भिल्लाले १८९१-९२ तथा १९००-०१ मा बनाएको कीर्तिमान तोड्न चाहन्छ । जुन लिभरपुल र चेल्सीको समान हो ।
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *