कप्तान रुटको १८० रनमा समालियो इंग्ल्यान्ड

काठमाडाैँ । भारत र इंग्ल्यान्ड बिच जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले राम्रो प्रदर्शन गरेको छ । पहिलो इनिङमा राम्रो ब्याटिङ गर्दै भारतले ३६४ रन बनाएको थियो । जवाफि इनिङ सुरू गरेको इंग्ल्यान्डले तेस्रो दिनको अन्तिम बलमा ३९१ रन बनाएसँगै इंग्ल्यान्ड पहिलो इनिङमा २७ रनको अग्रता लिन सफल भयो ।

तेस्रो दिनको अन्तिम बलमा मोहम्मद शामीले जेम्स एन्डरसनलाई क्लिन बोल्ड गर्दै इंग्ल्यान्डलाई अलआउट गरेका थिए । इंग्लिस कप्तान जो रुट भने १८० रनमा अविजित रहे । भारतको तर्फबाट बाट मोहम्द सिरजाले ४, इशान्त शर्माले ३ तथा मोहम्मद शमीले २ विकेट लिएका थए । रुट बाहेक जोनी ब्यरिस्टोले ५७ रनको अर्धसतकीय इनिङ खेले ।

रुटको २२ औ टेस्ट शतक
रूटले १०७ टेस्टमा ११ औं पटक १५० प्लसको स्कोर बनाए । जहाँ उनले भारत विरुद्ध ३ पटक १५० प्लसको स्कोर बनाएका छन् । रुटले करिअरको २२ औ शतक समेत पुरा गरे । यो भारत विरुद्ध उनको समग्रमा ७ तथा लगातार दोस्रो शतक हो । रुटले भारत विरुद्ध इंग्ल्यान्डमा लगतार ४ पटक अर्धशतक पुरा गरेका छन् ।

उनले यसअघि २०१८ मा केनिंग्टन ओभलमा टेस्टको दोस्रो इनि,मा १२५ रन बनाएका थिए। यसअघि नटिंघम टेस्टमा उनले पहिलो इनिङमा ६४ रन तथा दोस्रोमा १०९ रन बनाएका थिए । रुटले एक छेउबाट लगातार इनिङ समालेपनि उनले गतिलो साथ नपाउँदा दोहोरो शतक बनाउने अवसरबाट भने उनी बञ्चित भए । यसअघि १५० प्लस स्कोर एलेस्टर कुकलेपनि ११ पटक प्रहार गरेका थिए । कप्तानका रुपमा भने रुट अघि छन् । उनले ६ पटक यो उपलब्धि हासिल गर्दा डेविड गावर र एलेस्टर कुकले समान ५ तथा ग्राहम गुचले ४ पटक यो उपलब्धि हासिल गरेका थिए ।

रूटले सर्वाधिक अन्तराष्ट्रिय शतकको कीर्तिमान बनाएका कुकको कीर्तिमान समेत बराबरी गरे । कुकले सबै फर्म्याटमा गरी कुल ३८ शतक प्रहार गरेका थिए । रुटले पनि सबै फर्म्याटमा गरी ३८ शतक पुरा गरेका छन् । रुटले ९००० रन सर्वाधिक कम उमेरमा पुरा समेत गरेका छ्न । उनी सर्वाधिक युव उमेरमा यो उपलब्धि हासिल गर्ने खेलाडी हुन् । उनले ३० वर्ष १५९ दिनमा यो उपलब्धि हासिल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *