लिभरपुल र चेल्सीको सहज जित

काठमाडाैँ । इंग्लिस प्रमियर लिगमा लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले क्रिश्टल प्यालेसलाई ३-० ले पराजित गर्दा लिभरपुलले नवप्रवेशी नर्विचलाई पनि समान ३-० ले नै पाखा लगायो ।

लिभरपुलको जितमा मोहमद्ध सलाहले एक गोल गर्दा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । लिभरपुलको जितमा डियोगो जोताले २६ औ मिनेटमा पहिलो गोल गरे । त्यस्तै रोबर्टो फिरमिनो र मोहमद्ध सलाहले दोस्रो हाफमा गोल गर्दा लिभरपुल ३-० ले जित निकाल्न सफल भयो। मोहमद्ध सलाह लगातार पाँच प्रिमियर लिगमा पहिलो खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।

त्यस्तै अर्को दाबेदार चेल्सीले गएरातिनै क्रिस्टल प्यालेसलाई ३-० ले पाखा लगायो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले समान एक-एक गोल गरे । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २७ औं मिनेटमा अलन्सोको गोलमार्फत टोलिले अग्रता लिएको थियो । ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।

शनिबारनै भएको अर्को खेलमा लेष्टर सिटीले जेमी भर्डीको एकमात्र गोलमा उल्भ्सलाई १-० ले पाखा लगायो । अन्य खेलमा ब्राइटनले बर्नलीलाई २-१, एभरटनले साथहेम्टनलाई ३-१ तथा वार्टफोर्डले एस्टन भिल्लालाई ३-२ ले पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *