मेस्सी टिममा परेनन्

काठमाडौं । बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मेइन (पीएसजी)मा अनुबन्ध भएका लिओनल मेस्सी पीएसजीको आजको खेलमा नखेल्ने भएका छन् । पीएसजीले शनिबार राति लिग वानमा स्ट्रासबर्गसँग खेल्दैछ ।

मेस्सी यो खेलका लागि पीएसजीको टिममा नपरेका हुन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ सदस्यीय टोलीमा मेस्सीसँगै डिफेन्डर सर्जियो रामोस र प्रवार्ड नेयमारपनि टोलीमा परेका छैनन् । टिममा भर्खर अनुबन्ध भएका डिफेन्डर अक्रफ हाकिमी र मिडफिल्डर जर्जिनियो वाइनाल्डम भने टिममा परेका छन् ।

मेस्सीलाई पीएसजीको जर्सीमा हेर्न अझै केही समय लाग्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *