पारसले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा खेलाडी पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको दुई सातापछि पारसले शनिबार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजालबाट दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता नभुल्ने बताउँदै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको भन्दै पारसलाई धन्यवाद दिनुका साथै नेपाल र नेपालीको शिर उँचो बनाउन दोस्रो इनिङमा पनि सफलताको शुभकामना दिएका छन् ।

भेटपछी पारसले प्रधानमन्त्री देउवाले क्रिकेट विकासमा सहयोग गर्ने आश्वासन दिएको सामाजिक संजालबाट जानकारी दिएका छन् । पारसले साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै क्रिकेटको विकासका लागि क्रिकेट संघमा जान चाहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *