टी-२० विश्वकपको गाइडलाईन जारी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी टी-२० विश्वकपमा सहभागी हुने टीमका लागि गाइडलाईन जारी गरेको छ। प्रतियोगिताका लागि हरेक टिममा १५ खेलाडी तथा ८ अधिकारीलाई अनुमति दिएको छ । परिषद्ले सहभागी देशलाई १० सेप्टेम्बरसम्ममा सहभागीको नाम पठाउन भनेको छ।

१७ अक्टोबरबाट हुँदैछ विश्वकप

टी-२० विश्वकप आयोजना यो वर्ष भारतमा हुने कार्यतालिका थियो । तर कोरोनाको बढ्दो महामारीका कारण युएइमा सारिएको छ । २०१६ पछि पहिलो पटक टी-२० विश्वकप आयोजना हुन लागेको हो । प्रतियोगिता अक्टोबर १७ देखी नोभेम्बर १४ सम्म ओमान र युएइमा हुने कार्यतालिका छ ।

थप खेलाडी लान परे आफ्नै खर्चमा

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक अधिकारीले पाकिस्तानी संचार संस्था पिटीआईलाई कोरोनाका कारण कुनै देशले थप खेलाडी लान चाहेमा आफ्नै खर्चमा लान सक्ने अनुमति दिएको दाबि गरेका छन । आईसीसीले भने केवल १५ खेलाडी र ८ अफिसियलको खर्च वहन गर्ने उनको भनाइ छ ।

टीम घोषणा १० सेप्टेम्बर सम्ममा

टी-२० विश्वकपका लागि छनोट प्रतियोगिता २३ सेप्टेम्बरबाट सुरु हुने छ । जसमा २०१४ को टी-२० च्याम्पियन श्रीलंका, आयरल्यान्ड तथा बंगलादेश जस्ता टीमले भाग लिनेछन् । जसबाट शिर्ष चार टीमले सुपर-१२ मा स्थान बनाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *