राहुलको शतकीय इनिङमा भारतकाे उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । इंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय टीमले पाँच खेलको टेस्ट सिरीजको दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अवस्थामा दिनको खेल सकिएको छ ।

भारतका लागि लोकेश (केएल) राहुलले १२७ रनको सानदार शतकिय इनिङ खेल्दै क्रिजमा छन् । उनलाई अजिंक्य रहाणेले १ रनमा साथ दएका छन् । यसअघि भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले दशक यताकै उत्कृष्ट साझेदारी गरे । उनीहरुले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरेका थिए । जुन १० वर्षपछि दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड तथा अस्ट्रेलियन भुमिमा ओपनिङ विकेटका लागि पहिलो शतकीय साझेदारी समेत हो ।

पछिल्लो पटक २०१० मा विरेन्द्र सहवाग र गौतम गाम्भिरले दक्षिण अफ्रिकाको सेन्चुरियनमा १३७ रनको साझेदारी गरेका थिए ।रोहितले १४५ बलमा ११ चौका र १ छक्काको सहयोगमा ८३ रन बनाएर आउट भए । उनको यो करिअरको १३ औँ अर्धशतक हो । उनले राहुलसँग लगातार दोस्रो टेस्टमा अर्धसतकीय साझेदारी संभव बनाए। रोहितले यो गर्ष ६०० रन समेत पुरा ग रे। उनले १४ रन जोडेसँगै २०२१ मा ६०० रन जोड्ने पहिलो भारतीय खेलाडी समेत बने । २०२१ मा सर्वाधिक रन इंग्ल्यान्डका जो रुटको नाममा छ । उनले १०६४ रन बनाएका छन् ।

अर्का ओपनर राहुल २४८ बल खेल्दै १२ चौका र १ छक्काको सहयोगमा १२७ रनमा नटआउट रहेका छन् । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका चेतेश्वर पुजारा ९ रनमा आउट भए । त्यस्तै कप्तान विराट कोहली ४२ रन बनाएर पेभिलियन फर्किए। उनले राहुल सँग तेस्रो विकेटका लागि ११७ रनको साझेदारी गरे ।

राहुल लड्स मैदानमा शतक प्रहार गर्ने १० औ भारतिय खेलाडी बने। उनको समग्रमा भने यो छैटौं टेस्ट सेन्चुरी हो । राहुलले तीन वर्षपछि टेस्टमा शतक प्रहार गरे । पछिल्लो पटक २०१८ मा इंग्ल्यान्ड विरुद्धनै केनिंग्टन ओभलमा शतक प्रहार गरेका थिए । जतिबेला उनले १४९ रनको स्कोर बनाएका थिए । इंग्ल्यान्ड विरुद्ध राहुलको यो तेस्रो सतक हो । राहुल अघि लर्डस मानमा भारतले १२ शतक लगाएको छ ।

भारत र इंग्ल्यान्डबिच अहिलेसम्म १२७ टेस्ट भएको छ । जसमा भारत केवल २९ खेलमा जित निकाल्न सफल भएको छ भने इंग्ल्यान्डले ४८ खेलमा जित हासिल गरेको छ । ५० खेल बराबरी भएको छ । इंग्लिस भुमिमा भारतले ६३ टेस्ट खेलेको छ । जसमा भारतले ७ तथा इंग्ल्यान्डले ३४ खेल जितेको छ। २२ टेस्ट बराबरी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *