ईपीएल क्रिकेट : दिनेश चान्डिमल भैरहवाबाट खेल्ने

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (इपीएल)  क्रिकेटमा भैरहवा ग्ल्याडीयटर्सले  श्रीलंकाका विकेटकिपर ब्याट्स्म्यान दिनेश चाण्डिमललाई अनुबन्ध गरेको छ । श्रीलंकाका राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान  चान्डिमललाई अनुबन्ध गरेको क्लबले जनाएको छ ।

उनी श्रीलंकाको टी-२० आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । चान्डिमलले सन् २०१३ मा बंगलादेशसँग २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । उनी ओडीआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडीआईमा कप्तानी गरेका थिए ।

श्रीलंकाले २०१४ को  विश्वकप उपाधि श्रीलंकाले जित्दा उनी टोलीका सदस्य थिए ।

चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टी-२० आई खेल खेलेका छन् । टी-२० आईमा चान्डिमलले ५ अर्धशतकसहित कुल ८ सय ६८ रन जोडेका छन् । उनले राजस्थान रोयल्सबाट आइपीएल खेलिसकेका छन् । ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चान्डिमलले श्रीलंका टेस्ट, ओडीआई र टी-२० तीनै शैलीमा कप्तानी गरेका छन् ।

अन्य विदेशी खेलाडीको नाम छलफलकै क्रममा रहेको क्लबले जनाएको छ ।

टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दसानायके नै रहनेछन् ।

यो टोलीमा यसअघि झैं शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त छन् ।

ईपिएल प्रतियोगिता असोज ९ देखि २३ सम्म त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *