नेपाली फुटबल टोलीको प्रशिक्षण आजदेखि पोखरामा

पोखरा । नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा आजदेखि सुरु हुँदैछ । ३ बजेदेखि प्रशिक्षण सुरु गर्न लागिएको हो । यसका लागि ३८ जना खेलाडी पोखरा आइसकेका छन् ।

अर्को महिना माल्दिभ्समा हुने साउथ एसियन गेम (साग) को तयारीका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको हो ।

पोखरा रंगशालामा केहि साता प्रशिक्षण गरिने एन्फा कास्कीले जनाएको छ । खेलाडीसहित प्रशिक्षक अमुताईरी र व्यवस्थापक तथा एन्फा प्रतिनिधिहरू पनि पोखरा आएका छन् । प्यारापिट र मैदान निर्माणको काम अन्तिम चरणमा पुगेपछि पोखरा नेपाली टोलीको रोजाइमा परेको हो ।

अघिल्लो वर्षपनि बन्द प्रशिक्षण पोखरामा भएको थियो । प्रशिक्षणका लागि मैदान तयारी अवस्थामा राखिएको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले जानकारी दिए । एन्फा उपाध्यक्षसँगको विवादबीच प्रमुख प्रशिक्षक अलमुताईरीले नेपाली फुटबल टोली लिएर पोखरा आएका हुन् । उनले नै प्रशिक्षण गराउनेछन् ।

मैदान समयमा निर्माण सकिए यहि महिनाको अन्त्यमा हुने नेपाल र बंगलादेशी महिला टोलीबीच मैत्रीपूर्ण फुटबलसमेत पोखरामै हुनेछ । यसअघि साग नेपालमा हुने भनिएकोमा अहिले माल्दिभ्स सरेको छ । त्यसअघि नेपालले काठमाडौँमा भारतसँग मैत्रीपूर्ण खेल्नेछ । १३औँ सागमा महिला फुटबल प्रतियोगिता पनि पोखरामै भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *