‘राइभल कप्तान’हरूको अब एउटै लक्ष्य

गत ३० जुनमा स्पेनिस महारथी क्लब बार्सिलोना र रियल म्याड्रिड ‘एल क्लासिको’का कप्तान लियोनल मेस्सी र सर्जियो रामोसको सम्झौता सकिँदै थियो । बार्सिलोनाका स्टार तथा कप्तान मेस्सी सम्झौता सकिँदा अर्जेन्टिनाबाट कोपा अमेरिकामा व्यस्त थिए । त्यस्तै अर्को रियल म्याड्रिडमा ३० जुनमा सम्झौता सकिनै लाग्दा कप्तान रामोस रियलसँगै छलफलमा थिए ।

दुवैले लालिगाको सिजनमा शायदै सोचेका थिए होला‚ ‘प्रतिस्पर्धी कप्तान’को अन्तिम लालिगा यही हुनेछ भनेर‚ किनभने दुवैको सम्झौता नवीकरण हुने विश्वास खेलाडी तथा समर्थकमा थियो ।

Jedi, you're just a stranger now. on Twitter: "Gonna miss this clash..  #Messi https://t.co/AwozA63arQ" / Twitter

रियल म्याड्रिडले आफ्ना कप्तानलाई एक वर्षे नवीकरणको प्रस्ताव गर्योन । २०१५ देखि कप्तानी सम्हालेका रामोस कम्तिमा दुई वर्षे सम्झौता होस् भन्ने चाहन्थे तर‚ कुरा मिलेन र सम्झौता सकिनु एकसाता अघि उनले रियलमा नबस्ने घोषणा गरे । त्यसको दुई सातापछि उनी पेरिस सेन्ट जर्मेइनमा आवद्ध भए ।

Sergio Ramos reveals reasons for wanting Messi to stay at Barcelona

बार्सिलोनाका कप्तान मेस्सीको कथा पनि धेरै फरक छैन । यद्धपि उनी सम्झौता सकिएको एक महिनासम्म पनि बार्सिलोनामै सम्झौता नवीकरण हुनेमा आशावादी थिए । तर अन्तिम समयमा बार्सिलोना मेस्सीसँग सम्झौता गर्न असफल भयो । लगत्तै मेस्सीले पीएसजीसँग सम्झौता गरे । जसका कारण करिब दुई दशक एक अर्काविरुद्ध ‘प्रतिस्पर्धी क्लब’बाट खेलेका दुई लिजेन्ड एउटै टीमका सहयात्री बने ।

लामो समय प्रतिद्वन्द्वी
रामोसले रियलमा १६ वर्ष बिताए । उनले रियललाई ५ लालिगा तथा ४ च्याम्पियन्स लिग, कोपा डेल रे, क्लब विश्वकपलगायत सबैखाले उपाधि दिलाए । अझ आफ्नो कप्तानीमा रियललाई लगातार तीनपटक च्याम्पियन्स लिग जिताए । मेस्सीले पनि क्बललाई सबैखाले उपाधि जिताए । उनले क्लब फुटबलबाट व्यक्तिगत र क्लबका लागि नजितेको केही छैन । तर‚ अब दुई प्रतिद्वन्दी होइन‚ समकक्षी भएर मैदानमा खुसी साट्नेछन् । त्यसैले यी दुई कप्तानको अबको साझा लक्ष्य (पीएसजी)मा पनि उत्तिकै सफलता पाउनु हुनेछ । जुन आफैँमा चुनौतीपूर्ण पनि छ ।

शान्त स्वभाव भर्सेस ‘अराजक’ हर्कत
बार्सिलोनामा मेस्सीले सधैँ आफ्नो शान्त स्वभावको परिचय दिए । उनले शायदै रातो कार्ड पाए । तर‚ रामोसको छवि भन्ने ठिक उल्टो रह्यो । उनी अराजक खेलाडीका रुपमा स्थापित भए । अझ ‘एल क्लासिको’मा उनको छवि झनै खराब थियो । उनले करिअरमा सर्वाधिक २६ रातो कार्ड पाउँदा एल क्लासिकोमा ५ पटक रातो कार्ड पाए । जसमा उनले २ पटक मेस्सीलाई नै फल गरेका कारण रातो कार्ड पाएका थिए । रामोसले मेस्सीमाथि सयौँ फल गरे । जसले गर्दा व्यक्तिगत रुपमै पनि यी दुई ‘दुस्मन’जस्तै बने ।

Compilation of Sergio Ramos' worst tackles on Lionel Messi has gone viral |  GiveMeSport

यी दुई खेलाडी नै एल क्लासिकोमा सर्वाधिक खेल्ने खेलाडी हुन् । मेस्सीले ४५ एल क्लासिकोमा सर्वाधिक २६ गोल गरेका छन् । त्यसो त ‘डिफेन्डर’ भएपनि रामोसले पनि करिअरमा १०१ गोल गरेका छन् । उनले लालिगामा ६७१ खेल खेले । उनी एक सय गोलको कोसेढुंगा पूरा गर्ने] एकमात्र डिफेन्डर पनि हुन् । रामोसले रियलमा २२ उपाधि जिते भने मेस्सीले ३५ उपाधि जिते।

अब एकै लक्ष्य
समग्रमा यी दुई ‘प्रतिस्पर्धी’को बाटो अब फेरिएको छ तर‚ लक्ष्य एउटै बनेको छ । फेरि पनि दुवैजना पीएसजीबाट ‘च्याम्पियन्स लिग’सहित सबैखाले उपाधि जित्न चाहन्छन् ।

मेस्सी अनुबन्धितसँगै रामोस विश्व स्टार खेलाडीसँग खेल्न पाउनु गर्वको कुरा भएको मान्छन् । उनी भन्छन्‚ ‘विश्वका उत्कृष्ट खेलाडीसँग सँगै खेल्न पाउनु खुसीको कुरा हो ।’

त्यसैले पनि दुई ‘प्रतिस्पर्धी’ खेलाडीबीच अब मित्रता र सहकार्यको नमूना हेर्न चाहन्छन् पीएसजीका समर्थक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *