मेस्सी र रोनाल्डोसँग खेल्ने दुर्लभ अवसर पाएका खेलाडीहरू

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी १५ वर्षयता विश्व फुटबलमा राज गरिरहेका छन् ।

यी दुई खेलाडी यो समयका सर्वाधिक प्रतिभाशाली र लोकप्रिय खेलाडीका रुपमा छन् । रोनाल्डोले सन् २००२ मा लिसबोनबाट तथा मेस्सीले २००३ मा बार्सिलोनाबाट डेब्यु गरेयता यी दुवै खेलाडी फरक-फरक क्लबाट प्रतिस्पर्धामा छन् । दुईमध्ये को उत्कृष्ट भन्नेमा बेलाबेला समर्थकहरूबीच तर्क/वितर्क वा उनीहरुका उपलब्धीलाई एक अर्कासँग दाँज्ने काम भएपनि दुवै उत्कृष्ट भन्नेमा भने विमति छैन ।

फ्यान फलोइङ् भएका स्टार फुटबलरहरू पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेस्सीको फुटबल जादुमा विश्वकै फुटबलका पारखीहरू झुमिरहेका छन् ।

धेरै खेलाडीले मेस्सी र रोनाल्डोसँग खेल्न पाउनुलाई भाग्यको रुपमा लिने गरेका छन् । अझ दुवैजना खेलाडीसँग खेल्न पाउने दुर्लभ अवसर त सबैलाई कहाँ मिलोस् । अहिलेसम्म विश्वका मात्र १६ जना खेलाडीले यो अवसर पाएका छन् ।

फर्नान्डो गागो : रियल म्याड्रिड (रोनाल्डो)‚ अर्जेन्टिना (मेसी)

ग्याब्रिअल हेइन्ज : रियल म्याड्रिड (रोनाल्डो)‚ अर्जेन्टिना (मेस्सी)

जेरार्ड पिके : म्यानचेस्टर युनाइटेड (रोनाल्डो)‚ बार्सिलोना ( मेस्सी)

आन्द्रे गोमेज : पोर्चगुल (रोनाल्डो) बार्सिलोना‚ (मेस्सी)

एन्जेल डि मारीया: रियल म्याड्रिड (रोनाल्डो)‚ अर्जेन्टिना (मेस्सी)

कार्लोस टेभेज : म्यानचेस्टर युनाइटेड (रोनाल्डो)‚ अर्जेन्टिना (मेस्सी)

पाउलो डिबाला : युभेन्टस (रोनाल्डो)‚ अर्जेन्टिना ( मेस्सी)

गोन्जालो हिगुइन : रियल म्याड्रिड (रोनाल्डो)‚ अर्जेन्टिना (मेस्सी)

हेनरिक लार्सन : म्यान्चेस्टर युनाइटेड (रोनाल्डो), बार्सिलोना (मेस्सी)

नेल्सन सेमेडो : पोर्चुगल (रोनाल्डो)‚ बार्सिलोना ( मेसी)

इजेक्वील ग्यारी : रियल म्याड्रिड (रोनाल्डो)‚ अर्जेन्टिना ( मेस्सी)

डेको : पोर्चुगल (रोनाल्डो)‚ बार्सिलोना ( मेस्सी)

मार्टिन कासेरस : युभेन्टस (रोनाल्डो)‚ बार्सिलोना (मेस्सी)

मिरालेम पियानिच : युभेन्टस (रोनाल्डो)‚ बार्सिलोना (मेस्सी)

अर्थुर मेलो : युभेन्टस (रोनाल्डो)‚ बार्सिलोना (मेस्सी)

फ्रान्सिस्को ट्रिन्काओ : पोर्चुगल (रोनाल्डो)‚ बार्सिलोना (मेस्सी)

लियोनेल मेसी पेरिस सेन्ट जर्मेइन गएका छन् । उनीसँग कम्तीमा एक खेल खेलेसँगै यो लिस्टमा केलियर नाभास, सर्जियो रामोस पनि थपिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *