बार्सिलोनाले उप्काउन थाल्यो मेस्सीका पोस्टर

काठमाडौँ । बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा लगाइएका आफ्ना पूर्वस्टार खेलाडी मेस्सीका पोस्टरहरू उप्काउन थालेको छ । मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकेपछि नोउ क्याम्पबाट मेस्सीको पोस्टर हटाउन थालिएको हो ।

मेस्सीले आजै फ्रान्सेली क्लब पीएसजीसँग सम्झौता गर्ने तय भएको छ ।

पछिल्लो २१ वर्षदेखि बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोना र उनको व्यक्तिगत उचाइ र उपलब्धि पनि शिखरमा पुर्यासएका थिए । उनले विश्वभरिका करोडौँ फ्यानका ढुकढुकीमा आफूलाई राख्न सफल भए ।

उनले बार्सिलोनामा ७७८ खेलमा कीर्तिमानी ६७२ गोल गरेका छन् । जसमा १२० गोल च्याम्पियन्स लिगमा गर्दा ४७४ गोल लालिगामा सम्भव बनाएका हुन् । उनी लालिगाका सर्वाधिक गोलकर्तासमेत हुन् ।

मेस्सीले यूरोपकै प्रतिष्ठित गोल्डेन सू अवार्ड (कन्टीनेन्टल टप स्कोरर) ६ पटक जित्न सफल भए ।
उनले बार्सिलोनाबाट सबैखाले उपाधि जिते । यूरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग ४ पटक जित्दा लालिगा १० पटक जिते भने कोपा डेल रे ७ पटक जित्दा यूईएफए सुपरकप ३ पटक तथा क्लब विश्वकप ३ पटक जिते । व्यक्तिगत रुपमा उनले सबैखाले उपलब्धि हात पारेका छन् । उनले ६ पटक प्रतिष्ठित बालोन डी’ओर अवार्डसमेत जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *