मेस्सी पीएसजी जाने निश्चित

काठमाडौँ । स्पेनिस फूटबल क्लब बार्सिलोनाका पूर्वकप्तान तथा खेलाडी लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजी जाने निश्चित भएको छ । मेस्सी पीएसजीमा दुई वर्षे सम्झौता गर्न आजै पेरिस पुग्दैछन् । उनको आजै स्वास्थ्य परीक्षण भएर सम्झौता हुने जनाइएको छ।

फ्रेन्च क्लब स्रोतलाई हवाला दिँदै डेली मेलले आइतबारबाटै पीएसजीका वकिलहरू सम्झौता गर्न प्रयासरत रहेको तर‚ आजमात्र मेस्सीले सहमति जनाएपछि उनी बार्सिलोनाबाट पेरिसका लागि निस्किएका हुन् ।

६ पटकका बालोन डी’ओर च्याम्पीयन मेस्सी र पीएसजीबीच तलब र बोनसका विषयमा कुरा मिलेपछि अन्तिम सम्झौता सम्भव भएको हो । अब मेस्सीले हरेक साता ५ लाख पाउन्ड तलब प्राप्त गर्ने सम्झौता भएको दाबी डेली मेलले गरेको छ । यो विषयमा विस्तृत जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत् पीएसजीले जानकारी गराउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *