इतिहासकै छोटो इनिङमा समेटियो अस्ट्रेलिया

काठमाडाैँ । बंगलादेशको घरेलु मैदान जारी ५ खेलको टी-२० सिरीजमा पाहुना टोली अस्ट्रेलिया निकै खराब प्रदर्शनको सिकार भयो । सुरुवातमा लगातार तीन खेल गुमाउँदै ३-० ले सिरिज गुमाएको अस्ट्रेलिया चौथो टी-२० मा जित निकाल्न सफल भएको थियो । तर अन्तिम टी-२० झनै लज्जास्पद बन्यो ।

अस्ट्रेलिया १४४ वर्षको सर्वाधिक कम ओभरमा (१३.४) समेटिएको छ । साथै उसले केवल ६२ रनमात्र बनायो‚ जुन अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै अस्ट्रेलियाको सर्वाधिक कम स्कोर हो । यसअघि सन् १९७२ मा एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डसँग अस्ट्रेलिया ७२ रनमा अलआउट भएको थियो ।

ट्वेन्टी ट्वेन्टीमा भने अस्ट्रेलियाले सन् २००५ मा इंग्ल्यान्डविरुद्ध सर्वाधिक कम स्कोर ७९ रन बनाएको थियो । यो खेलमा अस्ट्रेलिया १४.३ ओभरमा अलआउट भएको थियो । उसका लागि कप्तान म्याथ्यु वेडले बनाएको २२ रन सर्वाधिक रह्यो ।

बंगलादेशका सकिब अल हसन टी-२० क्रिकेटमा १०० विकेट लिने पहिलो बंगलादेशी तथा विश्वका दोस्रो खेलाडी बने । उनी श्रीलंकन लिजेन्ड लसिथ मालिंगा भन्दा अब केवल ५ विकेट पछि छन् ।

सकिबले अस्ट्रेलियाको ४ विकेट लिएसँगै १०२ विकेट हात पार्न सफल भए । उनले अस्ट्रेलियाविरुद्ध ९ रन दिएर ४ विकेट लिएका थिए । शकिबले १००० हजार टी-२० रन समेत पूरा गरेका छन् ।

यो टी-२० सिरीज अघि बंगलादेशले कहिलेपनि अष्ट्रेलियालाई हराउन सकेको थिएन । तर यो पटक बंगलादेशले पाँच मध्ये ४ खेलमा जित निकाल्दै अस्ट्रेलियामाथि दबाबपूर्ण जित आत्मासाथ गर्‍यो ।

अन्तिम टी-२० मा पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका लागि मोहमद नइमले २३ रन बनाए । यो खेलमा अष्ट्रेलियाले केवल तीन छक्का मात्र प्रहार गरेको थियो । उसले चौका प्रहार गर्न सकेन ।

बंगलादेश विरुद्धको सिरिजमा अस्ट्रेलिया नियमित कप्तान एरोन फिन्च, डेभिड वार्नर, स्टीभ स्मिथ, ग्लेन म्याक्सवेल बिना प्रतिस्पर्धा गरेको थियो। टी-२० विश्वकप युएइ र ओमानमा १७ अक्टोबरबाट हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *