ईपीएलको ट्रफी सार्वजानिक‚ मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर

काठमाडौँ । आगामी असोजमा हुने तय भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणको ट्रफी सोमबार सार्वजानिक गरिएको छ । ९ देखि २३ असोजमा हुने प्रतियोगिताको मुख्य प्रायोजक बजाज पल्सर हुने पनि घोषणा गरिएको छ ।

आयोजक ईपीएलले प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरेको हो । ईपीएल क्रिकेटले एक कार्यक्रमका बीच उपाधि ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र प्रतियोगिताको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरे ।

ईपीएलले आफ्नो मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने जानकारी पनि दिएको छ । सम्झौता पत्रमा गोल्छा र अख्तरले हस्ताक्षर गरेका थिए । दुईबीच एक वर्षका लागि सम्झौता भएको हो । यद्यपि सम्झौता रकम भने आधिकारिक रुपमा खुलाइएको छैन । तर अख्तरले पेप्सी इन्डिया र बजाजसँग सम्झौता प्रस्ताव गरेपनि बजाज २ करोड ५० लाखमा दिन सहमत भएपछि मुख्य प्रायोजकका रुपमा बजाज रहेको हो । यो रकम नेपाली खेलकुदमा सर्वाधिक ठूलो प्रायोजन हो ।

प्रतियोगिता विभिन्न ६ सहरको नाममा आयोजना हुँदै आएको छ । विराटनगर वारियर्स, काठमाडौँ किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले टी-२० फर्म्याटमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

पछिल्लो पटक २०१८ को ईपीएलको फाइनलमा ललितपुर च्याम्पियन भएको थियो । त्यसयता कोरोना महामारीको कारण ईपीएल स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *