‘मलाई टाढा वा नजिकको दृष्टिले नहेर्नुस्’

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई टाढा वा नजिकको दृष्टिले नहेर्न राजनीतिक दललाई आग्रह गरेका छन् । आइतबार (आज) बुटवलमा आयोजिक एक कार्यक्रममा बोल्दै प्रमुख शेरचनले यस्तो आग्रह गरेका हुन् । ‘मलाई कसैले टाढाको वा नजिकको दृष्टिले नहेर्नुहोला,’ प्रमुख शेरचनले भने, ‘कुनै दलले बहुमतसिद्ध गरेपछि निश्चित समयका लागि सरकारको नेतृत्व गर्छ, यो संवैधानिक प्रक्रिया नै हो । सम्वाद, सहकार्य, सल्लाह र सहमतिबाट हामी अगाडि बढ्न सिक्नुपर्छ ।’ द्वेष र पूर्वाग्रहको भावले राजनीति दीगो नहुने प्रमुख शेरचनको भनाइ छ ।

यस्तै प्रमुख शेरचनले नीतिगत भ्रष्टाचार निर्मूल गर्नुपर्ने बताए । यसले सिङ्गो देशलाई विकासको बाटोमा लान नसकेको उल्लेख गर्दै प्रमुख शेरचनले भने, ‘टेबलमुनिबाट दिइने सानो भ्रष्टाचार होस् या नीतिगत भ्रष्टाचार होस् । अब सबैखाले भ्रष्टाचार निर्मूल हुनुपर्छ । यहाँ त यत्तिसम्म छ कि, ५० अर्बको कुनै कार्यक्रम छ भने त्यहाँबाट १२/१५ अर्ब त कमिसनमै जान्छ । त्यसपछि भइहाल्यो नि भन्ने चलन छ । यो संस्कार अब हटाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *