पीएसजीमा आवद्ध हुँदै मेस्सी !

काठमाडौँ । बार्सिलोना फुटबल क्लबका पूर्वकप्तान एवं अर्जेन्टिनी फुटबलर लिओनल मेसी फ्रेन्च फुटबल क्लब पीएसजीमा आवद्ध हुने खेलकुदसम्बन्धी चर्चित टेलिभिजन च्यानल ईएसपीएन एफसीले दाबी गरेको छ ।

पीएसजीमा आवद्ध हुनुअघि सोमबार पेरिसमा उनको स्वास्थ्य परीक्षण गरिने इएसपिएन एफसीले जनाएको छ ।

ईएसपीएनले फ्रेन्च फुटबल विश्लेषक जुलियन लाउरेन्सलाई उद्धृत गर्दै मेस्सी पीएसजीमा आवद्ध हुन लागेको उल्लेख गरेको हो ।

त्यस्तै बिबिसीले पनि मेस्सी पीएसजी जाने सम्भावना रहेको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।

आइतबार बार्सिलोनाबाट औपचारिक रुपमा बिदा हुँदै गर्दा मेस्सी भावुक बनेका थिए । बिदाइका क्रममा गरिएको पत्रकार सम्मेलनमा उनले अहिलेसम्म कुन क्लबमा आवद्ध हुने भन्ने विषयमा टुङ्गो नलागेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *