भारतका राकेश नेपाली क्रिकेट टिमको फिटनेस प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिटनेस प्रशिक्षकमा भारतका राकेशकुमार काँशिभाई गोहिल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार गोहिललाई फिटनेस ट्रेनरमा नियुक्त गरिएको जनाएको हो ।

असार ३० गते माग गरिएको फिटनेस ट्रेनरको आवेदनमा ३८ जनाले आवेदन दिएका थिए । उनीहरुमध्येबाट राकेशलाई छनोट गरिएकाे क्यानले जनाएको छ । अष्ट्रेलियाबाट लेभल-२ कोर्स उत्तीर्ण गोहिलसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टिमसँग काम गरेको अनुभव रहेको पनि क्यानले जनाएको छ । राकेश नेपाली टिमसँग आवद्ध भइसकेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपालका १९ जना खेलाडी कीर्तिपुरमा बन्द प्रशिक्षणमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =