पुरुष फुटबलको ओलम्पिक स्वर्ण ब्राजिललाई

काठमाडौं । जापानमा चलिरहेको टोक्यो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । फाइनलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिलले स्वर्ण चुमेको हो ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल थप समयमा गएको थियो । खेलको १०९औं मिनेटमा ब्राजिलले गोल थप्यो । स्पेनले थप गोल गर्न नसक्दा ब्राजिल विजयी भयो ।

ब्राजिलले यसअघिको ‌ओलम्पिकमा पनि पुरुष फुटबलमा स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *