नेपाली मूलकी खेलाडी अस्मिता अब टोटनह्याममा

काठमाडौं । नेपाली मुलकी इंग्लिस खेलाडी अस्मिता आले मगर एस्टन भिल्लाबाट अर्को इंग्लिस क्लब टोटेनह्याम हटस्पर पुगेकी छिन् । टोटेनह्यामले १९ वर्षीय डिफेन्डर अस्मितालाई शुक्रबार दुई वर्षका लागि अनुबन्ध गरेको जनाएको छ । अस्मिता गत सिजन एस्टन भिल्लाबाट प्रतिस्पर्धा गर्दै उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । उनले ‘प्लेयर अफ द सिजन’ को उपाधि जितेकी थिइन् । अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन् ।

इंग्ल्यान्डको यू-१९ टिमकी सदस्य समेत रहेकी अस्मिताले एस्टन भिल्लाको उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि टोटनह्यामले व्यावसायिक सम्झौता गरेको थियो । उनले २०१८ मा एस्टन भिल्लाको सिनियर महिला टिममा डेब्यु गरेकी थिइन् । १९ बर्षकी अस्मितासँग २०२३ सम्म टोटनह्याममा रहने र १३ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ ।

८ वर्षको उमेरदेखी क्लबमा आवद्ध भएकी अस्मिताले २०१७-१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लब पदाधिकारी प्रभावित भएका थिए । उनले टोटनह्याममा आवद्ध हुन पाउँदा उत्साहित रहेको र जतिसक्दो राम्रो खेल्न प्रयास गर्ने बताइन् । अस्मिताका बुवा अमृत आले पूर्व गोरखा सैनिक हुन् । तनहुँका अमृत स्क्वासका राष्ट्रिय खेलाडी समेत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =