ट्रेन्ट ब्रिज टेस्ट: इंग्लिस बलरसामु सम्हालिएला भारत ?

काठमाडाैँ । भारत र इंग्ल्यान्डबिच चलिरहेको ‘ट्रेन्टबिच ब्रिज टेस्ट’ को दोस्रो दिन ३३.४ ओभरको खेल मात्र सम्भव भयो । भारतले ४ विकेट गुमाएर १२५ रन बनाएको अवस्थामा दोस्रो दिनको थप खेल सम्भव नभएको घोषणा गरिएको हो ।

उसका लागि लोकेश (केएल) राहुल ५७ र ऋषभ पन्त ७ रन बनाएर नटआउट छन् । भारत अझै पहिलो इनिङमा ५८ रनले पछि छ । वर्षाले दोस्रो दिनको खेल तीनपटक प्रभावित गरेको थियो । लन्च पछि पहिलो पटक वर्षाले खेल प्रभावित भयो । त्यसपछि पनि लगातार वर्षा भएपछि बाँकी खेल हुन सकेन ।

एक समय विना विकेट ९७ रन बनाएको भारत त्यसपछि १५ रन जोड्दा ४ विकेट गुमाउन बाध्य भयो । रोहित शर्माले ३६ र चेतेश्वर पुजारा ४ रन बनाए । कप्तान विराट कोहली गोल्डन डकआउट (पहिलो बलमै आउट) को सिकार भए। उनी पछि अजिंक्य रहाणे ५ रन बनाएर रनआउट भएपछि भारतिय टीम दबाबमा छ । जेम्स एंन्डरसनले लगातार २ बलमा विराट र पुजारालाई पेभिलियन पठाए । एन्डरसनले बिराटलाई टेस्ट क्रिकेटमा छैटौं पटक आउट गराएका हुन् ।

रोहित र राहुलबिच पहिलो विकेटका लागि ९७ रनको साझेदारी भयो। यो दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड तथा अस्ट्रेलियामा खेलेको पछिल्लो १० वर्षमा पहिलो विकेटका लागि भएको सर्वाधिक राम्रो साझेदारी हो । यसअघि रोहित र सुभमन गिलले अस्ट्रेलिया सँगको खेलमा ७१ रनको साझेदारी गरेका थिए ।

भारतले दोस्रो दिन २१ रनबाट खेल्न सुरु गरेको थियो । रोहित र केएल समान ९ रनबाट दिनको खेल सुरु गरेका थिए। इंग्ल्यान्डले दोस्रो दिन आफ्नो ३ मध्ये २ रिभ्यु गुमाएको थियो । भारतको भने ३ रिभ्यु नै बाँकी छ । दोस्रो दिनको खेलमा भारतले लगालग गुमाएको विकेट हेर्दा ट्रेन्ट ब्रिज टेस्टमा इंग्लिस बलरसामु भारत सम्हालिन सक्ला भन्ने प्रश्न बलियो गरि उपस्थित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *