भूमिश्वरको प्रष्टोक्ति : विमलाजीलाई उहाँकै इच्छामा मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश सभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमलाकुमारी वलीलाई उनकै इच्छाअनुसार मुख्यमन्त्री शंकर पोखरेल निवास पुर्‍याएको प्रष्टोक्ति दिएका छन् । ढकालले वलीले बिहीबार (आज) ढकालले जबरजस्ती मुख्यमन्त्री निवास पुर्‍याएर बन्धक बनाएको विज्ञप्ति सार्वजनिक गरेपछि स्पष्टीकरण दिँदै भनेका छन्, ‘उहाँ (वली) लाई आफ्नो इच्छाबमोजिम मुख्यमन्त्री निवास पुर्‍याएको हुँ ।’

ढकालले वलीलाई मुख्यमन्त्रीको निवास पुर्‍याएको भने स्वीकार गरेका छन् । ‘हो मैले उहाँलाई पुर्‍याएको हुँ, तर बजरजस्त भने होइन,’ ढकालले मकालुखबरसँग भनेका छन्, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिँड्नुभएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला वलीसँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताएका छन् ।

४ बजे पत्रकार सम्मेलन गर्दै
आफूमाथिको आरोपबारे जवाफ दिन ढकालले आजै ४ बजे पत्रकार सम्मेलन गर्दैछन् । ‘ममाथि उहाँले लगाउनुभएको आरोप निराधार हो,’ ढकालले भने, ‘अब ४ बजे पत्रकार सम्मेलन गर्दैछु । त्यहाँबाट सबै कुराको जावफ दिनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *