विमलाको दाबी : मुख्यमन्त्री निवासमा बन्धक बनाई जबरजस्ती हस्ताक्षर गराइयो

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको स्पष्टीकरण दिएकी छन् । बिहीबार (आज) पत्रकार सम्मेलन गर्दै वलीले यस्तो स्पष्टीकरण दिएकी हुन् । वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र ‘एमालेमा फर्किएँ’ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।

आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै वलीले भनेकी छन्, ‘म माओवादी केन्द्रमै छु । माओवादी नै रहन्छु ।’

यो पनिः
‘विमलाजीलाई एमालेले बन्धक बनाएको थियो, अहिले हाम्रो साथमा सुरक्षित हुनुहुन्छ’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *