‘रजतभन्दा कांस्यमा बढी खुसी !’

अहिले टोक्यो ओलम्पिक चलिरहेको छ । खेलाडीहरू ओलम्पिकमा स्वर्ण जित्ने आशाका साथ खेलिरहेका छन् । तर सबैलाई त्यो सौभाग्य कहाँ ?

एक अध्ययनले फाइनलमा पराजित हुने खेलाडी सबैभन्दा दुःखी हुने गरेको देखाएको छ ।

अमेरिकाको ईओवा विश्वविद्यालयले गरेको एक अध्ययनमा रजतभन्दा कांस्य पदक जित्ने खेलाडी बढी खुसी हुने देखाएको छ । विश्वविद्यालयले पछिल्ला ५ ओलम्पिकमा खेलाडीको अनुसन्धानबाट रजतभन्दा कांस्य पदक जित्ने खेलाडी बढी खुसी भएको पाइएको दाबी गरेको हो ।

अध्ययनले टोक्यो ओलम्पिकसहित अघिल्ला पाँच ओलम्पिकमा गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो । खेलाडीले पदक प्राप्त गर्दाको अवस्थाको तस्बिर फुटेजहरूको सहारामा खेलाडीको खुसीको अनुसन्धान गरेको जनाएको छ । जब खेलाडी पदक लिन मञ्चमा जान्छ‚ उसको प्रतिक्रिया तथा उसको अनुहारको भाव र पदक पहिरिएपछिको भावलाई अनुसन्धान गरी निष्कर्ष निकालिएको हो ।

रजत पदक जित्ने खेलाडी फाइनलमा पराजित हुने भएकाले ऊ मञ्चमा जाँदा कतै न कतै उसले ‘फाइनलमा पुगेर हारेकोमा’ अफसोस मानिरहेको पाइएको छ । अर्थात् सानो गल्ती वा कमजोरीले रजतमा चित बुझाउनुपरेको र अलिकति मेहनत गरेको भए स्वर्ण पदक पाउने थिएँ भनेजस्तो मनोभाव खेलाडीमा हुने गरेको पाइएको अध्ययनको निष्कर्ष छ । समग्रमा फाइनलमा पराजित भएको अफसोसले रजत पदकको खुसी कम गर्ने अध्ययनले देखाएको छ ।

जबकी कांस्य पदक जित्ने खेलाडीले हारेर खाली हात जानुभन्दा कांस्य पदक पनि ठूलो उपलब्धि भएको रुपमा सम्झन्छ । आफ्नो देशका लागि केहि नजित्नुभन्दा कांस्य भएपनि जित्न सकेकोमा गर्व गर्ने गर्छ । अझ जितेर मेडल लिने भएकाले आफूलाई भाग्यमानी महसुस गर्ने गरेकाले रजतको भन्दा कांस्यको खुसी ठूलो हुने गरेको अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *