न्यूजिल्यान्ड क्रिकेट टिमले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

काठमाडौं । न्यूजिल्यान्डको क्रिकेट टीमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । न्यूजिल्यान्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो ।

न्यूजिल्यान्डले पछिल्लो पटक सन् २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

न्यूजिल्यान्डले पाकिस्तानसँग तीनवटा एकदिवसीय र पाँचवटा टी-ट्वेन्टी शृंखला खेल हुने पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले जानकारी दिएको छ ।

एकदिवसीय खेलहरू सेप्टेम्बर १७ देखि २१ सम्म रावलपिन्डीस्थित पिन्डी क्रिकेट मैदानमा हुनेछन् । यस्तै टी-ट्वेन्टी खेलहरू लाहोरको गद्दाफी स्टेडियममा सेप्टेम्बर २५ देखि अक्टोबर ३ सम्म हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *