अस्ट्रेलियामाथि बंगलादेशको लगातार दोस्रो जित

काठमाडौं ।  ट्वान्टि ट्वान्टि शृंखलामा  बंगलादेशले अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकालेको छ । ५ खेलको शृंखलाअन्तर्गत ढाकामा भएको दोस्रो खेलमा बंगलादेशले अस्ट्रेलियामाथि ५ विकेटको जित निकालेको हो । जितसँगै बंगलादेशले शंखलामा २-० को अग्रता लिएको छ । १२२ रनको लक्ष्य बंगलादेशले १८.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका आसिफ हुसेनले ३७ र सकिब अल हसनले २६ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क,  जोश हेजलउड, स्टोन अगर,  एडम जम्पा र एन्ड्रयु टाइले समान १-१ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनायो । उसका लागि मिचेल मार्सको ४५ रन बनाए भने त्यस्तै मोइसेस हेनरिक्सले ३० रन बनाए ।

अस्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने सोरिफुल इस्लाम २ विकेट लिए । त्यस्तै सकिब उल हसन र महेदि हसनले समान १-१ विकेट लिए । यि दुई बिचको तेस्रो टी-२० भोली (शुक्रबार) हुँदै छ । यी दुई देशबीचको तेस्रो टि–२० शुक्रबार ढाकामा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *