भारतसँग घरेलु टोलीको खराब ब्याटिङ

काठमाडौं । भारतसँगको टेस्ट शृंखलाको पहिलो खेलको पहिलो इनिङमा इंग्ल्यान्डले कमजोर ब्याटिङ गरेको छ । नटिङ्घममा टस जितेर पहिले ब्याटिङ् रोजेको घरेलु टोली पहिलो पालीमा १ सय ८३ रनमा समेटिएको हो ।

इग्ल्यान्ड पहिलो दिनको अन्तिम सत्रमा ६५.४ ओभरमा १ सय ८३ रनमै अल आउट भयो । इंग्ल्यान्डका कप्तान जो रुटले १ सय ८ बलमा ११ चौका सहित सर्वाधिक ६४ रन बनाए । रुट इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । त्यस्तै जोनी ब्रेस्टोले २९ र जक क्राउलीले २७ रन बनाए। साम करन २७ रनमा नटआउट रहे।

भारतका लागि जस्प्रित बुमराहले सर्वाधिक ४ विकेट लिए । त्यस्तै मोहम्मद सामीले ३, सार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिए । जवाफी इनिङ सुरु गरेको भारत पहिलो दिनको खेल सकिंदासम्म विना विकेट २१ रन बनाएको छ । ओपनर रोहित शर्मा र केएल राहुल समान ९-९ रन बनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *