भारतसँगको पहिलो टेस्टमा इंग्ल्यान्ड ब्याटिङ गर्दै

काठमाडौँ । इंग्ल्यान्ड र भारतको क्रिकेट शृंखला बुधबारबाट सुरु भएको छ । नटिंगममा सुरु भएको श्रृंखलाको पहिलो खेलमा इंग्ल्यन्डले टस जितेर ब्याटीङ रोजेको छ ।

यससँगै वर्ल्ड टेस्ट सिरिज (डब्लूटीसी) को नयाँ क्रम पनि सुरु हुनेछ । न्यूजिल्यान्डसँगको टेस्ट शृंखला गुमाएको इंग्ल्यान्ड र डब्लूटीसीको फाइनलमा न्यूजिल्यान्डसँगै हार व्यहोरेको भारतबीच पाँच टेस्ट खेल हुनेछन् ।

अघिल्लो वर्ष इंग्ल्यान्ड भारतसँगको टेस्ट श्रृंखला ३-१ ले गुमाएको थियो । कप्तान जोए रुटको नेतृत्वमा इंग्ल्यान्डले पछिल्ला पाँचमध्ये चार टेस्ट शृंखला हारेको छ ।

खेलअघि इंग्लिस टोलीका कप्तान रुटले आफू शृंखलाको प्रतीक्षामा रहेको र राम्रो प्रदर्शन गर्न टीम आँतुर रहेको समेत बताएका छन् ।

भारतका कप्तान विराट कोहलीले राम्रो खेल्ने र विपक्षी टीमलाई दबाबमा राख्ने योजनाअनुसार नै खेल्ने बताए । यो भएन र त्यो भएन भनेर कुनै अर्थ नहुनेसमेत उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *