‘संघीयताको सबलीकरणमा ध्यान दिऔं’

कोभिड तथा बाढीपीडितका लागि राहत प्याकेजको घोषणा गरौँ

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले संघीयता सबलीकरणको विषयमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबार (आज) बसेको बैठकमा भाग लिँदै श्रेष्ठले यस्तो बताएका हुन् । ‘वर्तमान सरकारले संघीयता सबलीकरणको बारेमा विशेष ध्यान दिनुपर्ने चुनौती छ,’ श्रेष्ठले भने, ‘नेपाली जनताको चाहनाअनुसार सरकारले काम गर्दै संघीयताको सबलीकरणमा विशेष ध्यान देओस् ।’

यस्तै कोभिड तथा बाढीपहिरो पीडितका लागि सरकारले राहत प्याकेजको घोषणा गर्नुपर्ने श्रेष्ठले बताए । ‘यत्ति मात्रै होइन,’ श्रेष्ठले भने, ‘यो सरकारले बलात्कारको नियन्त्रण गर्ने, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा काम गर्ने, सामाजिक न्याय थप्ने काममा अनि जनअपेक्षाअनुसार काम गर्ने दिशामा आँखा लगाओस् ।’

प्रतिगमनकारी शक्तिले आफूलाई सच्याउनुपर्नेसमेत श्रेष्ठले बताए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपनि त्यसबारे ओली मात्रै जिम्मेवार नभएको जिकिर गर्दै श्रेष्ठ भने, ‘प्रतिगमनकारी शक्ति र त्यो शक्तिविरुद्ध लागेको नेता र पार्टीहरु नै पनि सच्चिनुपर्ने बेला आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *