त्रिकोणात्मक शृंखलाको बन्द प्रशिक्षणमा क्यानले बोलायो १९ खेलाडी

पारस सहभागी नहुने

काठमाडौं । विश्वकप क्रिकेट लिग टूअन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न बन्द प्रशिक्षणमा १९ खेलाडी सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारबाट हुने बन्द प्रशिक्षणका लागि बुधबार १९ खेलाडीलाई बोलाएको हो ।

क्यानले बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख,आशिफ शेख, गुल्सन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौड्याललाई बोलाएको हो । मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पारस खड्का प्रशिक्षणमा सहभागी नहुने क्यानले जनाएको छ ।

प्रशिक्षणका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइसकेका छन् ।

नेपाल लिगको छैटौं स्थानमा छ । ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको नेपालले ४ अंक जोडेको छ । ओमान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *