टोक्यो ओलम्पिक : पुरुष फुटबलको फाइनलमा ब्राजिल र स्पेन खेल्ने

टोक्यो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको उपाधिका लागि स्पेन र ब्राजिल खेल्ने भएका छन् । सेमीफाइनलमा स्पेनले घरेलु टोली जापानलाई हराउँदै ब्राजिलसँगको भेट पक्का गरेको हो ।

मंगलबार भएको सेमीफाइनलमा स्पेनले जापानलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले स्वर्ण पदकको दाबेदारी कायमै राखेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलको ११५ औँ मिनेटमा स्पेनका मार्को एसेन्सियोले गरेको गोल नै निर्णायक भयो ।

मंगलबार नै भएको सेमीफाइनलमा ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराएर फाइनल पुगेको छ । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा ब्राजिलका डानी अल्भेस,गाब्रियल मार्टीनेली, ब्रुनो गुइमारेस र रेइनिरीले गोल गरे ।

मेक्सिकोका कार्लोस रोड्रिगेजले गोल गर्दा जोहान भास्केज र इडुवार्डो अग्युइरीले गोल गर्न सकेनन् । ओलम्पिकमा सहभागी देशका २३ वर्षमुनिका टिमले प्रतिस्पर्धा गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *