एनएमबि बैंकले ल्यायो विशेष सुविधायुक्त अटाेलाेनसहित ५ प्राेडक्ट

काठमााडौं । एनएनमबि बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक सुविधायुक्त ५ वटा सेवामूलक प्रडक्ट सुरु गरेको छ । बैंकले आवास कर्जा, विद्युतीय सवारी कर्जा, सवारी कर्जा, इन्भेष्टर्स सेभिङस् र एनएमबि सापटी २.० जस्ता प्राेडक्ट ल्याएको हो ।

एनएमबी होम लोन (आवास कर्जा) अन्तर्गत ५ वर्षसम्मका लागि वार्षिक ८.५० प्रतिशत निश्चित ब्याजदरमा ऋण दिने भएको छ । यो कर्जाअन्तर्गत बैंकको प्रिमियम नजोडी कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यो नेपालमै नौलो सुविधा भएको बैंकको भनाइ छ ।

त्यस्तै, बैंकले विद्युतीय सवारी साधान खरिदका लागि सवारी साधनको कुल मूल्यको ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने ‘इलेक्ट्रीक अटो लोन’ सुविधा ल्याएको छ । ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने छ । बैंकको बेस रेट ७.३३ प्रतिशत वार्षिक ब्याजदर रहने गरी ७ वर्षका लागि यो ऋण उपलब्ध गराउने बैंकले जनाएको छ ।

त्यस्तै, अन्य पेट्रोलियम सवारीका लागि बैंकले ५ वर्षका लागि निश्चित ब्याजदर हुने गरी वार्षिक ८.४९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको छ ।

इलेक्ट्रिक तथा नन इलेक्ट्रिक सवारी साधानको ऋणका लागि कम्पनीले सिप्रदी(टाटा), एमजी मोटर्स, किया र निसानका आधिकारिक बिक्रेता कम्पीहरुसँग सम्झौता गरिसकेको जनाएको छ ।

त्यस्तै, बैंकले ल्याएको इन्भेष्टर्स सेभिङस् योजना विशेष आकर्षक देखिएको छ । यो योजना बैंकले लगानीकर्ताहरुका लागि ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत बैंकले ५ वर्षका लागि डिम्याट तथा मेरो सेयर खाता निःशुल्क सञ्चालनको सुविधा दिने जनाएको छ । त्यस्तै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्डको पहिलो वा ५ वर्षको शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

त्यस्तै, एनएमबी ओम्नी च्यानलमार्फत अन्तरबैंकिङ रकम ट्रान्सफर सेवा निःशुल्क हुने र कनेक्ट आईपीएसमार्फत हुने रकम ट्रान्सफर सेवामा आउटवार्ड सेवा मात्र लाग्ने जनाएको छ ।

यस योजनाका ग्राहकलाई बैंकले कर्जा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र निःशुल्क एनएमबि क्यापिटल पोर्टफोलियो म्यानेजमेन्ट सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले ल्याएकाे एनएमबि सापटी २.० याेजनाअन्तर्गत ३ देखि २४ महिनाका लागि २ लाखसम्मकाे कर्जा सेवा लिन सकिन्छ । उक्त सेवाअन्तर्गत एनएमबि बैंकबाट कर्जा लिएका ग्राहकले याे सेवा पाउने छन् । माेबाइलबाटै ५ मिनेटमै कर्जा लिन मिल्ने र  आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत २४ सै घण्टा कर्जा सेवा प्रवाह गर्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *