जोकोभिचलाई हराएका ज्वेरेभले जिते स्वर्ण

काठमाडाैँ । टोक्यो ओलम्पिकमा जर्मनीका अलेक्जेन्डर ज्वेरेभले टेनिसको पुरुष एकलतर्फको स्वर्ण पदक जितेका छन् । फाइनलमा रुसी खेलाडी कारन खाचानोभको चुनौती पन्छाउँदै उनी जर्मनीलाई टेनिसमा स्वर्ण दिलाउने पहिलो पुरूष खेलाडीसमेत बनेका छन् ।

ज्वेरभले सेमिफाइनलमा सनसनिपुर्ण प्रदर्शन गर्दै नोभाक जोकोभिचलाई हराएका थिए । आफ्नो उत्कृष्ट लयलाई आइतबार पनि कायम राख्दै ज्वेरभले स्वर्ण भिडन्तमा रुसी खेलाडी कारन खाचानोभलाई ६-३, ६-१ को सेटमा पराजित गरे ।

पाँचौ वरियाताका ज्वेरभको ओलम्पिक स्वर्ण करियरकै सबैभन्दा ठूलो उपाधि हो । उपाधि जितेपछि ज्वेरभले भने ‘ओलम्पिकको टेनिस फाइनल टेनिस दुनियाँको सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । आफैँमा विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतिस्पर्धा ओलम्पिकमा स्वर्ण जित्न पाउनुको खुसि बयान गर्न गाह्रो छ ।’

ज्वरेभ गत वर्ष यूएस ओपनको फाइनलमा पुगेका थिए । जहाँ उनी डोमोनिक थिमसँग पराजित भएर ग्रान्ड स्लाम जित्नबाट बन्चित भएपनि यसपटक उनले ‌ओलम्पिक स्वर्ण हात पार्न सफल भए  ।

टेनिसका लागि यसअघि ओलम्पिकमा स्वर्ण जित्ने जर्मन खेलाडी स्टेफी ग्राफ मात्रै हुन् । उनले सन् १९९८ मा महिला एकलतर्फ स्वर्ण जितेकी थिइन् । ग्राफको नाममा ‘गोल्ड स्लाम’ एकै वर्षमा चार ग्रान्डस्लाम र ओलम्पिक स्वर्ण जितेको कीर्तिमान समेत छ ।

यो कीर्तिमान बनाउने अभियानमा रहेका जोकोभिच सेमिफाइनलमा ज्वरेभसँग हार्दै प्रतियोगिताबाट बाहिरिए । जोकोभिच तेस्रो स्थानका लागि भएको खेलमा पनि पराजित हुँदै मेडल विहिन रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *