बोल्टपछि ज्याकोबले जिते स्वर्ण

काठमाडाैँ । १०० मिटर दौडमा एकछत्र राज गर्दै आएका जमैकन धावक उसेन बोल्टपछि टोकियो ओलम्पिकमा ज्याकोबले पुरुष १०० मिटरजमा स्वर्ण जितेका छन् ।

इटलीका लामोन्ट मार्सेल ज्याकोब्स ९.८० सेकेण्डको समय निकाल्दै स्वर्ण जिते । अमेरिकाका फ्रेड केरलेले ९.८४ सेकेण्डको समय निकाल्दै दोस्रो बन्दा क्यानडाका आन्द्रे डे ग्रासले ९.८९ सेकेण्डसहित कास्य पदक जित्नन सफल रहे ।

ज्याकोब्स ओलम्पिकमा १०० मिटरमा स्वर्ण जित्ने २००८ यताकै पहिलो खेलाडी समेत बने । जमैकन रेकर्ड होल्डर उसेन बोल्टले सन् २००८ देखि २०१६ सम्म लगातार तीन पटक स्वर्ण जितेका थिए ।

ज्याकोब्सले फाइनलसम्म आइपुग्दा १४ मिलिसेकेण्ड समय सुधार गरे । उनले राउण्ड वानमा ९.९४ र सेमिफाइनलमा ९.८४ सेकेण्डमा १०० मिटर पार गरेका थिए ।

१०० मिटरमा विश्व कीर्तिमान भने बोल्टकै नाममा छ । बोल्टले सन् २००९ को विश्व च्याम्पियनसिपमा ९.५८ सेकेण्डको समय निकालेका छन् । त्यस्तै २०१२ को लण्डन ओलम्पिकमा उनले ९.६३ सेकेण्डको ओलम्पिक कीर्तिमान बनाएका छन् । दुवै कीर्तिमान कसैले तोड्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *