मन्त्री टुङ्ग्याउन माओवादीको स्थायी कमिटी बैठक

काठमाडौँ । सत्ता पक्षीय नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकले माओवादी केन्द्र सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ । आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले मन्त्रीको नाम टुंगो लगाउने र एक दुई दिनमै सरकारले पूर्णता पाउने बताएका थिए । आज बैठक पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा केन्द्रित रहनेछ ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको ‘बिफ्रिङ’ गरेका थिए । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *