सेमिफाइनलमा जापानले स्पेनसँग खेल्ने

काठमाडौं । जापान  टोक्यो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलमा न्युजिल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै जापान अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो  । पेनाल्टीमा जापान ४-२ ले विजयी भयो । पेनाल्टीमा जापानका योसिदा, इताकुरा, उएडा र नाकायामाले गोल गरे ।

न्युजिल्याण्डका क्रिस उड र कलुम म्याककोवाटले मात्र गोल गर्न सके । प्रतियोगिताको फाइनल प्रवेशका लागि जापानले स्पेनसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *