ओलम्पिक फुटबल : ब्राजिल सेमिफाइनलमा

काठमाडौं । ब्राजिल टोक्यो ओलम्पिकमा पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको क्वाटरफाइनलमा इजिप्टलाई १-० ले हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो।

ब्राजिलको जितमा माथिएस कुन्हाले ३७ औं मिनेटमा गोल गरे ।

ब्राजिलले सेमिफाइनलमा दक्षिण कोरिया र मेक्सिकोबीचको विजेतासँग खेल्नेछ । अर्को सेमिफाइनलमा जापान र स्पेन खेल्नेछन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *