एन्फा बैठक: वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक विवादमा मन्त्रालय गुहारियो

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ एन्फाले बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरी बिचको बिवाद निरुपणका लागि मन्त्रालय गुहार्ने निर्णय गरेको छ ।

फेसुबुकमार्फत प्रशिक्षक अलमुताइरीले नेम्बाङका कारण राजनिमा दिने घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । दुबैले छानविनको माग गर्दै एन्फामा लिखित उजुरी दिएका थिए । शुक्रबार एन्फा कम्लेक्स सातदोबाटोमा बसेको बैठकले विभिन्न ४ बुंदे निर्णय गर्दै प्रशिक्षक र बरिष्ठ उपाध्यक्षले एन्फामा बुझाएको उजुरीको छानविन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो ।

एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ तथा पुरूष राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मतारीले यस एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानविन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो ।’

बैठकबाट बाहिरिदै वरिष्ठ उपाध्यक्ष नेम्बाङले एन्फाको निर्णय आफुले मान्ने बताए। एन्फा निर्णयसंगै प्रशिक्षकको राजीनामा र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे मन्त्रालयले छानविन गर्ने छ । एन्फा स्रोतले भन्यो ‘नेम्बाङलाई संस्थापन पक्षकै षड्यन्त्रका कारण प्रशिक्षकले आफुमाथि आरोप लगाएको भन्ने परेको छ । त्यसैले यो एन्फामा मिल्ने विषय रहेन। संभवत मन्त्रालयले दुबै पक्षलाई बोलाएर सम्झौता गराउँछ । त्यसका लागि सहज होस भनेर हामिले बाटो खुलाएका हौं ।’

त्यस्तै बैठकले साफ आयोजनाका लागि आवश्यक पर्नै १० करोड रकम सहित विस्तृत प्रस्ताव साफमा पठाउने निर्णय गरेको छ । साथै नेपाल सरकारले ५ करोड दिने निश्चित गरेकाले अर्थमन्त्रालयलाई धन्यावद समेत दिएको छ । त्यस्तै बैठकले महिला फुटबल टिमले इरानसंग र पुरुष फुटबल टिमले साफको तयारीका लागि बंगलादेश, भारत र सिंगापुर लगायतका देशसंग मैत्रीपूर्ण खेलका लागि पत्राचार भइरहेको उल्लेख गर्दै अवस्था अनुसार खेल्न पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *