श्रीलंकालाई पहिलोपटक भारतविरुद्धको सिरिज

काठमाडाैँ । श्रीलंकाले भारतसँगको तीन खेलको टी-२० सिरिज जितेको छ । तेस्रो तथा अन्तिम टी-२० मा ७ विकेटको जित निकाल्दै श्रीलंकाले पहिलो पटक भारतसँगको द्धिपक्षिय टी-२० सिरिज कब्जा गरेको हो ।

भारतले दिएको ८१ रनको सामान्य लक्ष्य श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । श्रीलंका धनन्जय डि सिल्भा २३ रन बनाउँदा वानिन्दु हसरंगाले १४ रनमा अविजित रहे । त्यस्तै मिनोद भानुका १८ रन बनाएका थिए । भारतका स्पिनर राहुल चाहरले ३ विकेट लिएपनि टीमको हार टार्न सकेनन् । भारतले श्रीलंका विरुद्ध बनाएको यो सर्वाधिक कम स्कोर हो ।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर केवल ८१ रन मात्र बनाउन सक्यो । भारतका कुलदीप यादवले सर्वाधिक २३ तथा भुवनेश्वर कुमारले १६ रन जोड्नु सर्वाधिक रह्यो ।

भारतको यो टी-२० अन्तराष्ट्रियमा इतिहासको तेस्रो कम योगफल हो । सन् २००८ मा अष्ट्रेलियाविरुद्ध ७४ रन बनाएको थियो । जुन सर्वाधिक कम योगफल हो । त्यस्तै २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ रनमा समेटिएको थियो । श्रीलंककाका लागि वानिन्दु हसरंगाले ४ ओभरमा ९ रन दिएर ४ विकेट लिएका थिए ।

यसअघि यि २ टीमबिच भएका ७ सिरिजमा भारतले ६ मा जित निकालेको थियो । २००९/१० मा भएको एक सिरिज बराबरी भएकव थियो । अगस्६ २००८ पछि श्रीलंकाले भारत विरुद्ध तीन फर्म्याट मिलाएर कुल २१ द्धिपक्षिय सिरिज खेलेको छ जसमा यो पहिलो जित हो ।

यो जितसँगै श्रीलंकाले पछिल्लो ५ सिरिजदेखि लगातार हारको श्रंखलाको पनि अन्त गरेको छ । श्रीलंकाले पछिल्लो पटक २०१९ मा पाकिस्तान विरुद्धको टी-२० सिरिज ३-० ले जितेको थियो । भारतको भने पछिल्लो ९ द्धिपक्षिय सिरिजमा पहिलो हार हो । यसअघि भारतले ८ मध्ये ७ सिरिजमा जित र १ मा बराबरि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *