समितिको सुझाव :

‘संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थितिबारे अध्ययन हुनुपर्छ’

काठमाडौं । न्यायालयको विकृति, विसंगति अध्ययन गर्न गठित समितिले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थितिबारे विस्तृत अध्ययन गर्न भनेको छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको संलग्नताबारे विवाद आइरहेका बेला उनैले गठन गरेको समितिले यस्तो सुझाव दिएको हो ।

अध्ययनमा संवैधानिक परिषद्मा प्रधानन्यायाधीशबाहेक सबै सदस्य राजनीतिक पृष्ठभूमिका हुने र त्यहाँबाट हुने नियुक्तिहरु राजनैतिक नै हुने भन्दै प्रधानन्यायाधीशको उपस्थितिबारे अध्ययन हुनुपर्ने भनिएको छ ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख विपक्षी दलका नेता, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

पछिल्लो समय परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको पदाधिकारी सिफारिस विवादमा परेको छ र यससम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन छ । ‘परिषद्मा न्यायिक नेतृत्वको उपस्थितिका कारण स्वतन्त्र न्यायपालिकासम्बन्धी मूल्य मान्यतामा अनुचित प्रभाव पर्नसक्ने भन्ने प्रश्न उठेको सन्दर्भमा,’ प्रतिवेदनमा भनिएको छ— ‘संवैधानिक परिषद्मा न्यायिक नेतृत्वको उपस्थिति आवश्यक छ वा छैन भन्ने सम्बन्धमा विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनका आधारमा निश्कर्षमा पुग्न उपयुक्त हुने देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *