विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रको ‘काउन्टर दस्तावेज’ आउँदै

काठमाडौं । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजविरुद्ध अर्को दस्तावेज आउने भएको छ । पार्टी उच्च श्रोतकाअनुसार दस्तावेज शुक्रबार (भोलि) सम्ममा सार्वजनिक हुनेछ । ‘पार्टीमा एक खालको तरङ्ग देखियो,’ श्रोतले मकालुखबरसँग भन्यो- ‘अध्यक्ष रवीन्द्र  मिश्रजीले ल्याएको दस्तावेजका कारण अहिले नेताहरु नै पनि अलमलमा छन् । त्यसैले सबैलाई एउटा बिन्दुमा पुर्‍याउने दस्तावेज तयार भइरहेको हो ।’

नयाँ दस्तावेजले ‘कता हो कता हो, के हो के हो भन्ने वातावरणबाट पार्टीपङ्तिसँगै जनतालाई पनि संशयमुक्त हुन सहयोग गर्ने’ स्रोतले दाबी गरेको छ ।

‘संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह’ गर्न प्रस्ताव गरिएको अध्यक्ष मिश्रको दस्तावेजलाई चिर्नेगरी अबको दस्तावेज आउने श्रोतको दाबी छ । यसअघि गत साउन ११ गते अध्यक्ष मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नाम दिएर दस्तावेज सार्वजनिक गरेपछि त्यसको समर्थन र विरोधमा टन्नै प्रतिक्रियाहरु आइरहेका छन् ।

अध्यक्ष मिश्रको प्रस्तावबारे पार्टीकै संयोजक मिलन पाण्डेलगायतका नेताहरु असन्तुष्ट देखिएका छन् । मिश्रको दस्तावेजबारे पार्टीमा कुनै छलफल नभएको र कतै पारित पनि नभएकाले त्यो निजी दस्तावेजका रुपमा आएको पार्टीका नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *